३ कार्तिक २०८३, मंगलबार

नायिका वर्षा राउतका पिताका लागि भोट माग्दै योगेश भट्टराई

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराई चुनावी प्रचार अभियानका क्रममा महोत्तरी पुगेका छन् । असोज दुई गते प्रदेश नम्बर दुईका ८ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि तराई मधेसमा रहेका भट्टराई बुधबार महोत्तरीको बर्दिवास पुगेका हुन् ।

बर्दिवासमा उनले नायिका वर्षा राउतका पिता सुरेशकुमार राउतका लागि भोट मागेका छन् । सुरेशकुमार एमालेबाट बर्दिवास नगरपालिकाका मेयर उम्मेदवार हुन् ।

आफू बर्दिवास पुगेको जानकारी दिँदै योगेशले भनेका छन्– ‘आज बर्दिबास नगरपालिकाको वडा नं २, ९, १३ र १४ वडामा एमालेका प्रमुख सुरेशकुमार राउत, उपप्रमुख कमला वाईवा, वडाध्यक्ष तथा सदस्यका उम्मेद्वर सहित घरदैलो कार्यक्रमा सहभागी भाईयो । बर्दिबासमा एमालेको प्रचार अभियान प्रभाबकारी रुपमा अघि बढिरहेको छ ।’