३ कार्तिक २०८३, मंगलबार

न्यूड तस्बिर पोष्ट गरेपछि नायिकालाई बलात्कार गर्नेको धम्की

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका सेलिब्रेटीले बेबी बम्प देखाउने फेसन नै चलेको छ । यो मामलामा पछिल्लो समय सेलिना जेट्ली चर्चामा छिन् ।

त्यही चर्चा उनलाई अहिले घाँडो भएको छ । फेरि जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी सेलिनाले केही समयअघि बिकनी लगाएर बेबी बम्प देखाएकी थिइन् ।

त्यसको केही समयपछि सेलिनाले बाथ टबमा नग्नतायुक्त आफ्नो फोटो पोस्ट गरिन् । त्यसमा उनको भुँडी राम्रैसँग देखिएको थियो ।

त्यो फोटोमा हजारौँले कमेन्ट गरे । कतिपयले राम्रै कमेन्ट गरे पनि धेरैजसोले भने खराब टिप्पणी गरेको सेलिनाले बताएकी छिन् ।

‘मलाई कतिपयले बलात्कार गर्ने धम्की पनि दिएका छन्’, सेलिनाले भनेकी छिन्, ‘त्यो फोटो मेरा पति पिटर हगले खिचेका हुन् । कतिले त्यो फोटोको प्रतिक्रियामा माया दर्शाएका छन् भने कतिपय महिलाले समेत मेरो विरोध गरेका छन् । त्यसमा मलाई दुःख लागेको छ ।’

उनलाई कतिपयले निकै अश्लील कमेन्ट पनि गरेका छन् । त्यसमा पनि उनले चित्त दुखाएकी छिन् । भारतीय मिडियाले भने सेलिनाले बारम्बार बेबी बम्प प्रदर्शन गर्नुलाई उति साह्रो राम्रो भने मानेको छैन । – एजेन्सी