३ कार्तिक २०८३, मंगलबार

नेपाल आईडलका निशान भट्टराईको पूर्वमा भव्य स्वागत (फोटो फिचर)

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी । एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडलको फाईनलमा पुग्न सफल पूर्वका निशान भट्टराईलाई आज पूर्वका बिभिन्न शहरमा भव्य स्वागत गरिएको छ ।

आयोजकले फाईनल प्रतिस्पर्धा अघि पारिपारिक भेटघाटका लागि गृहनगर भ्रमण गराउने योजना अनुरुप निशान आज पूर्व आएका हुन् । बिहान विराटनगर एयरपोर्टबाट गृहनगर ओर्लिएका निशानको स्वागत एवम् सम्मान्का लागि विमानस्थलमै हजारौको उपस्थिति रहेको थियो ।

निशानको स्वागतमा पुग्नु भएका सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीका अनुसार उनको स्वागत तथा सम्मान्का विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको समेत उपस्थिति रहेको थियो । निशानले विराटनगरको कञ्चनबारीमा केहीबेर आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।

विराटनगरपछि पूर्वको अर्को शहर इटहरी उपमहानगरपालिका आएका उनलाई त्यहाँ हजारौ समर्थकले साथ दिएका थिए । हजारौको दर्शकका साथ उनले आफ्नो प्रस्तुती दिँदै भोटको अपिल गरेका थिए ।

इटहरीको कार्यक्रमपछि निशान आफ्नो गृहनगर उर्लाबारीमा आईपुगेका थिए । निशानले उर्लाबारीमा उपस्थिति दर्शकमाझ पनि आफ्नो प्रस्तुती दिँदै फाईनल सम्म पुर्याउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।