३ कार्तिक २०८३, मंगलबार

‘मान्दैन यो मन’मा करण र जोस्नाको अभिनय

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिच ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ । दशैंपछि छायांकन हुने प्रेम र द्वन्द्वप्रधान कथामा आधारित रहने छ ।

सोम कुस्कुमाझीले निर्देशन गर्ने फिल्ममा हालसम्म कलाकार करण श्रेष्ठ र नायिका जोस्ना घले मात्र फाइनल भईसकेका छन् । निर्देशक कुस्कुमाझीले बाँकी कलाकारको खोजी भइरहेको बताए ।

फिल्ममा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको लगानी रहने छ । काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन हुने फिल्ममा बादल लिम्बुको संगीत रहनेछ ।

करिब दुई दर्जन फिल्ममा अभिनय गरिसकेका कलाकार करण यो फिल्ममा नयाँ गेटअपमा प्रस्तुत हुँदैछन् ।