काठमाडौं, २६ भदौ । पूर्वराजा अहिले के गर्दै होलान् ? भन्ने अहिले सबैको चासोको विषय बनेको छ ।
करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुर बुबा र हजुर आमाको श्राद्ध गर्न व्यस्त छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उनले आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु वीरेन्द्र भाउजू ऐश्वर्या, दाजुका छोरा दीपेन्द्र र निराजनको श्राद्ध गरे । दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो ।












प्रतिक्रिया