३ कार्तिक २०८३, मंगलबार

‘द मंगोलियन हाट’मा आर्यन र मंगोलियन समुदायको प्रेम कथा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘द मंगोलिनय हाट’ ६ असोजबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।

आर.एल लामाको निर्देशनमा तयार भएको चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लीला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय छ ।

आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।

आर्यन र मंगोलियन समुदायबीच हुने प्रेमकथालाई रोमान्टिक तवरले चलचित्रमा देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्वन्द्व, दिनेश प्राख्रिनको नृत्य रहेको छ ।

चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेशकुमार अमृत लामाको रहेको छ ।

अन्र्तजातीय प्रेमकथालाई एक्सन र रोमान्सले भरिपूर्ण बनाएर चलचित्र निर्माण गरिएको निर्देशक आर.एल लामाले बताए ।