२९ आश्विन २०८३, बिहिबार

तालिवान र आइएस लडाकूद्वारा ३५ अफगानी नागरिकको अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सेबेरगान (अफगानिस्तान), २६ भदौ । अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले आइतबार बताएका छन् ।

आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ जना सर्वसाधारण गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए ।

अफगान सेनाका २०९औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गर्नुभएको छ ।

अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट शुरु भएको थियो । –सिन्ह्वा