३ कार्तिक २०८३, मंगलबार

हिन्दू धर्मलाई अपमान गरेको अञ्जु पन्तको विवादास्पद भिडियो सार्वजनिक (भिडियोसहित)

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । गायिका अञ्जु पन्तले हिन्दू धर्म परिवर्तन गरे क्रिश्चियन भएको सबैलाई थाहा थियो । उनले आफ्नो क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै पनि आएकी थिइन् ।

तर, गायिका पन्तले क्रिश्चियनहरूको प्रचवनमा हिन्दू धर्मप्रति आस्था राख्नेहरूलाई निचा देखाउने गरेर प्रचवन गरेको खुलेको छ ।

गायिका पन्तले भनेकी छिन्, ‘इन्डियाबाट मान्छे आउनु भएको थियो । स्टुडियोबाट मलाई भजन गाउन फोन आयो । म क्रिश्चियन भइसकेको मान्छ म भजन गाउन सक्दिन भने ।’

‘मलाई भजन गाउन भन्ने हँसमुख टाईपको मान्छे हुनुहुँदो रहेछ’, गायिका पन्तले भनेकी छिन्, ‘प्रभुको भजन हो भनेपछि म दौडीदौडी गएँ । जाँदाखेरी शब्द हेर्छु त, मेरे साई…! मेरे कुन्नी के….! मेरे शिवजी….! यस्तै यस्तै थियो । मत एकदम खंग्रङ भएँ ।’

‘हे प्रभु अब म के गरौँ ? मलाई थाहा भइसकेको थियो । प्रभुले सारा सृष्टि गर्नु भएको मैले चिनेपछि त्यो ठाउँमा अरुलाई म राख्न सक्दिन’, उनले भनेकी छिन्, ‘तपाईले त प्रभुको भजन भनेर अर्को शब्द ल्याउनु भएको रहेछ । पिलज म यो भजन गाउन असर्मथ हुन्छु । मलाई एकदम चोट पर्‍यो । तपाईलाई भगवानको अर्थ पनि थाहा छैन होला ।’

भजन गाउन आग्रह गर्ने व्यक्तिले गायिका पन्तलाई सबै धर्म एउटै हो भनेर सम्झाउन पनि खोजेका रहेछन् । तर, जवाफमा गायिका पन्तले भनेकी छिन्, ‘सबै धर्म एउटै होइन भनेर सम्झाएँ ।’

भजनमा रहेको ‘अल्लाह’को ठाउँमा ‘मेरे मसिहा’, मेरे ‘साइ’ भन्ने ठाउँमा ‘ईश्वर’, शिव भनेको ठाउँमा अरु शब्द राख्ने लगाएर भजन गाएको गायिका पन्तले बताएकी छिन् । (भिडियो हाम्रो सेरोफेरो फेसबुक पेजबाट साभार)