काठमाडौं, २५ भदौ । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
नेपाल र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास भइरहेको र सोही संयुक्त सैन्य अभ्यासको समापनमा उनी प्रमुख अतिथिको रुपमा भाग लिन नेपाल आउन लागेका हुन् ।
रुपन्देहीको सालझन्डीमा सञ्चालित उक्त सैन्य अभ्यासमा भारतीय सेनाका तीन सय अधिकृत तथा जवानले संयुक्त रुपमा सैन्य अभ्यास गरिरहेका छन् ।












प्रतिक्रिया