२९ आश्विन २०८३, बिहिबार

झण्डै ७३ प्रतिशत चिनियाँद्धारा मान्दारिन भाषा बोल्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २४ भदौ । चीनमा मन्दारिन भाषा बोल्नेहरूको संख्या बढेर झण्डै ७३ प्रतिशत पुगेको छ ।

सन् २००० मा ५३ प्रतिशत रहेकोमा अहिले बढेर ७३ प्रतिशत पुगेको शिक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको भाषा प्रकाशन र सूचना व्यवस्थापन विभागका प्रमुख ताइन लिक्षिनले साक्षर मध्ये ९५ प्रतिशत जनताले स्तरीय चिनियाँ अक्षरहरू प्रयोग गर्न सक्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय भाषाको रूपमा चिनियाँ भाषाको महत्व बढ्दै गइरहेको र विश्व भरिमा चिनियाँ भाषा सिक्नेहरूको संख्यामा वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो ।

आउँदो हप्ता चीनमा २०औं मान्दारिन प्रवद्र्धन सप्ताह भएकाले चिनियाँ भाषामा गीत गाउँने, भाषा रुपान्तरण गर्ने लगायतका विभिन्न कार्यक्रमहरू गरिने कार्यक्रम छ ।

चीनले लामो समयदेखि मान्दारिन भाषाको गुणस्तरीय प्रवद्र्धनका लागि जोड दिँदै आएको छ । आदिवासी जनजाति र ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरूलाई औपचारिक भाषा सिक्नका लागि प्रेरित पनि गर्ने गरेको छ । –सिन्ह्वा