३ कार्तिक २०८३, मंगलबार

जाँदाजाँदै सागर आले : आफू पनि रोए, अरुलाई पनि रुवाउने गरी के भने ?

24.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । नेपाल आइडलबाट बाहिरिएका सागर आलेले सबैलाई रुवाएका छन् ।

नेपाल आइडलको टप थ्री हुनबाट बञ्चित हुँदै शुक्रबारबाट बाहिरिएका सागर निकै भावुक रुपमा प्रस्तुत भए । उनले आफूलाई सम्हालिँदै आत्मविश्वास र सकरात्मक भाव पनि देखाए । ‘चारजनामध्ये कोही न कोही बाहिरिनु नै पर्ने थियो, म बाहिरिएँ, यहाँबाट बाहिरिएर रोकेको होइन्’- सागरले भने ।

जब सागर बाहिरिएको घोषणा कार्यक्रमका उद्घोषकहरुले गरे, सबै नतमष्तक भएका थिए । त्यसपछि बोल्ने पालो पाएका सागरले आफ्नो भावना पोखिरहँदा कार्यक्रमस्थलमा रहेका दर्शक र निर्णायकहरुको पनि आँखा रसाएको थियो ।

नेपाल आइडलको प्रशंसा गर्दै सागरले नेपाल आइडलकै कारण आफू चिनिएको बताए । नेपाल आइडललाई गाली नगर्न दर्शकहरुलाई अपिल पनि गरे ।

‘यहाँसम्म आउनु नै मेरो लागि ठूलो कुरा हो । अडिशनमा आउँदा नै के होला भन्ने डरले आएको थिएँ । जजहरुले अगाडि बढाइदिनुभयो, दर्शकहरुले माया गरिदिनुभयो । फस्ट नै हुनुपर्छ जस्तो पनि लाग्दैन ।’ सागरले सम्हालिँदै भने – ‘नेपाल आइडलमा नआउँदासम्म आफूलाई बच्चै जस्तो लाग्थ्यो, कसैले चिन्दैन्थे, अहिले धेरैले चिन्ने भएको छु, कुनै देशबाट पनि छुटाउनु भएको छैन् फोन गर्न । धेरैको माया पाएको छु ।’

सागरले आफू गरिब हुनुको पीडा पनि सुनाए – ‘मेरो लागि धेरै जनाले दुःख पाउनुभएको छ । अझ मेरो बाबा, ममीलाई धेरै सम्झन चाहन्छु । मेरो बाबाले भेटेको जति सबै मानिसलाई नमस्ते गर्दै मेरो छोरालाई भोट गरिदिनुस् है भन्दै हिँड्नु हुँदो रहेछ । यो सुन्दा धेरै दुःख लाग्यो । सानो परिवारमा हुर्केपछि यस्तो हुँदो रहेछ । उहाँहरुको दुःख देखेर कस्तो माया लाग्थ्यो । एक मनले गरिब भएकोमा दुःख लाग्यो, अर्को मनले सागरको बाबाममी भनेर उहाँहरुलाई चिनाउन पाएकोमा खुसी पनि लागेको छ ।’

सागरको कुरा सुनेपछि निर्णायक मध्येका एक कालीप्रसाद बास्कोटाले भने – ‘सागर यस्तो मान्छे हो जो अरुका लागि बाँँच्छ ।’ अर्का निर्णायक इन्दिरा जोशी र न्यूह बज्राचार्यले पनि सागरको प्रशंसा गरे ।

अब बुद्ध लामा, प्रताप दास र निशान भटराई नेपाल आइडलको अन्तिम मैदानमा छन् । कतारमा हुने फाइनलबाट बिजेताहरुको घोषणा गरिनेछ ।

कस्ले – कति मत पाए ?

शुक्रबार राति घोषित मतमध्ये बुद्ध लामाले सर्वाधिक ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।

त्यस्तै प्रताप लामाले ८ लाख ९३ हजार ३ सय ४७ मत पाए । निशान भट्टराई तेस्रो नम्बरमा परे ।उनले ८ लाख ७१ हजार ४ सय ८० मत पाए ।

टप थ्री बन्नबाट चुकेका सागर आलेले भने सबैभन्दा कम ८ लाख ९ हजार ९ सय १५ भोट पाए । दर्शकहरुले गरेकै भोटका आधारमा सागर आउट भएको बताइएको छ ।