३ कार्तिक २०८३, मंगलबार

जैकलीन र आलियाबीच मारामार, इंस्टाग्रामबाट आउट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सिद्धार्थ मल्होत्रा, आलिया भट्ट र जैकलीन फर्नांडिस पछिलो केही समयदेखि चर्चामा छन् । जैकलीनका कारण सिद्धार्थ र आलियाबीचको सम्बन्ध तोडिएको आरोप छ ।

‘बी टाउन’मा आलिया र जैकलीनको दुश्मनीको चर्चा हुने गरेको छ । हालै जैकलीनले आलियालाई इंस्टाग्रामबाट अनफलो गरेकी थिइन् ।

जैकलीन र सिद्धार्थबीच दोस्ती ‘अ जेंटलमैन’को सेटमा भएको थियो । फिल्ममा दुबैको लभ मेकिंगको सिन छ । फिल्म फ्लप भएको थियो । तर, सिद्धार्थ र जैकलीनको केमेस्ट्री हिट भएको छ ।

गत बिहीबार राति जैकलीन र सिद्धार्थलाई बान्द्राको पाली भवन र रेस्टुरेन्टमा देखिएको थियो । जैकलीनले सिद्धार्थलाई आफ्नो नजिकको मिशाली संघानीसँग भेट गराएकी थिइन् ।

बाहिर लिक भएको भिडियोमा जैकलीनलाई सिद्धार्थको घरमा देखिएको छ । त्यस रात ९ बजे सिद्धार्थको घरमा पुगेकी जैकलीन बिहान ३ बजे मात्रै फिर्ता भएको जनाइएको छ ।

सिद्धार्थको अपार्टमेंटका सुरक्षा गार्डले आलियाका लागि रिजर्व पार्किंग स्लट जैकलीनलाई दिएका थिए । – एजेन्सी