३ कार्तिक २०८३, मंगलबार

लिटिल स्टारको उपाधि पलिष्ठा र तनुसालाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘लिटिल स्टार २०१७’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले चुम्न सफल भएका छन् । इम्पेरियल वर्ड स्कुलमा अध्यायनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बने ।

पलिष्ठाले मोष्टट्यालेन्ट र मोष्टपपुलरको उपाधि समेत हात पर्दा तनुसले फोटोजेनिक उपाधिमा चित्त बुझाए । दुबै बिजेताले बिभिन्न उपहारका साथमा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।

प्रतियोगितामा पारम्ब श्रृखडा र प्रख्या शर्मा फष्टरनर अफ चुँनिदा र आरोही लामिछाने र दर्शना कोइराला सेकेण्डरनरअफ घोषित भए ।

उमेश खड्का (सिनियर कलाकार – नेगेटिभ रोल नेपाली चलचित्र), मन्जु बंजारा ढकाल (फेसन डिजाइनर तथा मिस हेरिटेज नेपाल इन्टरनेशनल २०१६), श्रीमती मुना श्रेष्ठ (निर्देशक आन), श्रीमती रोयन महर्जन (एमडी नेपाल डान्स एकेडमी) राजु महर्जन (गायक) लगायत निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफर अनिला श्रेष्ठ रहेकी थिइन् ।