२९ आश्विन २०८३, बिहिबार

श्रीलङ्काबाट ८० भारतीय माझी मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २१ भदौ । श्रीलङ्का सरकारले कम्तीमा ८० जना भारतीय माझीलाई मुक्त गरेको छ । मु्क्त गरिएका ती माझीहरु दक्षिण श्रीलङ्काली राज्य तामिल नाडु पु-याइएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

श्रीलङ्काको जेलबाट मुक्त भएका आठजना माझी भने गएराति नै आ–आफ्नो घर फर्किएका चेन्नइस्थित एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

तामिल नाडु राज्यबाट आएका ती माझीहरुलाई नागाई जिल्ला प्रशासन र ती माझीहरुका आफन्तजनले काररैकाल निजी बन्दरगाहमा स्वागत गरेका बताइएको छ ।

श्रीलङ्काली नौ सेनाले ती सवै माझीहरुलाई अन्तर्राष्ट्रिय सामुद्रीक सीमा भारतीय तटीय गार्डसमक्ष जिम्मा लगाएको छ ।

ती माझीहरुलाई श्रीलङ्काले भारतसँगको मित्रवत व्यवहारको कारण मुक्त गरेको बताएको छ । अब ती सबै माझीहरुलाई आ–आफ्नो घर पठाइने पनि आधिकारीहरुले जानकारी दिएका छन् ।

मुक्त भएका ती माझीहरुले स्थानीय सरकारलाइ आफूहरु पक्राउ पर्दा कब्जामा लिइएको माछा मार्ने डुङ्गा पनि पाउँभनी आग्रह गरेको छ ।

श्रीलङ्कामा गैरकानुनी रुपमा बारम्बार भारतीय माझीहरु सामुद्रिक जलक्षेत्रमा प्रवेश गरेका कारण पक्राउ पर्ने गरेका छन् । –सिन्ह्वा