२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रम मोदीलाई भेटेर चिनियाँ राष्ट्रपतिले कडा शब्दमा के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियामेन (चीन) २० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको छ ।

चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।

चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राख्नुभएको सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ ।

चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताउनुभएको थियो ।

दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उहाँको जोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उहाँले सो भेटका क्रममा जोड दिनुभएको थियो ।

उहाँहरुबीच द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ ।

ब्रिक्सको नवौँ सम्मेलन चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा सियामेन घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको सो सम्मेलनद्धारा जारी उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको बिकासमा जोड दिएको राष्ट्रपति चिनफिङ्ले जानकारी दिनुभयो ।

चीन र भारतबीच अर्काे छिमेकी देश भुटानको समेत सिमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको छ । त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । सिन्ह्वा/एएफपी