२९ आश्विन २०८३, बिहिबार

प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् ।

सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् ।

ती सामान्य युवा हुन् कोमुरो । उनसँग राजकुमारी माकोले साही पद त्यागेर इङ्गेजमेन्ट गरेपछि उनीहरुबीच विवाह निश्चित भएको छ । जापानको राजसंस्था पितृ परम्परामा आधारित छ, जसअनुसार शाही परिवारका कुनै सदस्यले सामान्य व्यक्तिसँग विवाह गरेको खण्डमा आफ्नो पद गुमाउनु पर्छ ।

२५ वर्षीय माको जापानी राजा अकिहितोको दोस्रो छोरा राजकुमार अकिसिनोकी ठूलो छोरी हुन् । आफ्नो शाही पद गुमे पनि खुसी रहेको माकोले प्रतिक्रिया दिएकी छिन् । बीबीसी