काठमाडौं, २० भदौ । आफूलाई अब्बल समाजसेवी भन्न पछि नपर्ने ललितपुर स्थायी घर भएका नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनिसकेका भएका रामकृष्ण चित्रकारले दुई दर्जन बढी पत्रकारको श्रम शोषण गरेका छन् ।
कमाण्डर पोष्ट दैनिकको मालिक हुन पाईने भन्दै यूग पब्लिकेशन्स प्रालिको अध्यक्ष भएका पूर्वसांसद चित्रकारले कमाण्डर पोष्ट दैनिकमा कार्यरत २ दर्जन पत्रकारको ६ महिनासम्मको तलव दिएका छैनन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
चित्रकारसँग आफूहरूले पाउनु पर्ने मासिक तलवको माग गर्दा पब्लिकेसन्सका अर्का सञ्चालक तथा तत्कालिन प्रधानसम्पादक यूगनाथ शर्मा पौडेललाई देखाउने गरेको पीडित बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले वताए ।
घिमिरेले विगतमा तलब माग्दा पब्लिकेसन्सका निर्देशक समेत रहेका सञ्चालक डोलेन्द्र थापा र पौडेललाई देखाउने गरेपनि हाल चित्रकारले पत्रकार महासंघसँग तलब माग्न भनेर धम्क्याउने गरेको वताए ।
कमाण्डरले दुई देखि ६ महिनासम्मको तलव नदिँदा श्रम शोषणबाट पीडित पत्रकारहरूमा विन्दुकान्त घिमिरे, प्रविण अधिकारी, रमा लुइँटेल, राजन भट्टराई, राधेश्याम दाहाल, लिलाराज खनाल, रोशन पाण्डे, गंगा बराल, विष्णु थापा, गणेश शर्मा, किशोर गौतम, दिपक घिमिरे, गीता अधिकारी, ज्ञानेन्द्र महत, तारानिधि पोखरेल लगायतका छन् ।
पत्रकारहरूले पाउनुपर्ने मासिक तलव नदिने तर आफूलाई समाजसेवी भन्दै फेसवुक वाल भर्ने चित्रकारले तराई मधेशका वाढीपीडित जनताको लागि राहत सामग्री वितरण गर्नकाले लागि भनेर दुई नम्वर प्रदेशका पर्षा र बारामा गएका छन् ।
आफूलाई समाजसेवी भएको देखाउने चित्रकारले विभिन्न संस्थाले दिएको सहयोग जिन्सी सामग्रीलाई वाढीबाट पीडित भएको एक महिनापछि घटनास्थल गएका हुन् ।
कमाण्डर दैनिकमा लेख रचना वापतको रकम लेखकहरू हरि अधिकारी, रेवतीरमण सुवेदी, वसन्तप्रकाश उपाध्याय, हरिविनोद अधिकारी, श्रीमननारायण झा, हरि लम्सालले नपाएको पत्रकार घिमिरेले गुनासो गरे ।
पत्रकारलाई पारिश्रमिक नदिने तर भयंकर समाजसेवी देखाउनको लागि राहत सामग्री बोकेर गएको देख्दा आफूलाई ग्लानी भएको पत्रकार घिमिरेले प्रतिक्रिया दिए। उनले इश्वर यस्ता मान्छे पनि धर्तीमाा जन्मदा रहेछन भनेर आफूलाई आश्चर्य लागेको वताए ।












प्रतिक्रिया