२९ आश्विन २०८३, बिहिबार

अदालती कारबाही सामना गर्न मुशर्रफ पाकिस्तान आउने

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इश्लामावाद (पाकिस्तान), १९ भदौ । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले आफू पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न पाकिस्तान आउने बताउनुभएको छ ।

पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा सम्लग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाई दिएको छ भने मुशर्रफलाई अदालतमा हाजिर नभै भागिरहेको जनाएको छ ।
मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलव्ध गराइएको वक्तव्यमा भनिएको छ, “रावलपिन्डी प्रति आतङ्कवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन ।”

“म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु,” उहाँले भन्नुभएको छ ।”  अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उहाँको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।

मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर मैले उहाँको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन । – एएफ्पी