१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवाले दिएको निर्देशन अवज्ञा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ ।

आफ्नो निर्देशनको अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने, ‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ । खनियाँ र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे । तत्काल सम्बन्धन नै खारेज गर्न फेरी निर्देशन दिनेछु । नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु ।’