२९ आश्विन २०८३, बिहिबार

विशाल फलाम खानी भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान, १८ भदौ । इरानमा अत्यन्त ठूलो परिणाममा फलामको धाउ रहेको एक विशाल खानी भेटिएको छ ।

मध्य इरानमा रहेको याज्द प्रान्तको एउटा भूखण्डमा सो खानी पत्ता लागेको स्थानीय प्रेस टेलिभिजन प्रसारणले जनाएको छ ।

आजै पत्ता लागेको सो खानीमा भू–सतहभन्दा एक हजार ५०० किलोमिटर गहिराइसम्म गरी करिब दुई अरब टन फलामको धाउ भण्डारण भएको अनुमान गरिएको याज्द प्रान्तका उद्योग, खनिज तथा वाणिज्य विभागका महानिर्देशक रेजा आलम्दार याज्दिले बताउनु भएको छ ।

आज पत्ता लागेको सो खानीमा भण्डारण भएको फलामे धाउमा रहेको शुद्ध फलामको परिमाण विश्वभरीकै उत्कृष्ट गुणस्तरको रहेको तथा खानी स्वयम्मा पनि एक अनौठो भौगर्भिक बनावटयुक्त भएको महानिर्देशक याज्दिले उल्लेख गरेका छन् ।

याज्द प्रान्त तथा समग्र इरानको खनिज क्षमतामा असाधारण रुपले वृद्धि गराउन यस खानीले सघाउ पुग्ने बताइएको छ ।

नयाँ खानी पत्ता लाग्नुअघि इरानमा खनिज भण्डारणमा रहेको फलामे धाउको परिमाण तीन अरब टनभन्दा माथि नै रहेको थियो । त्यसमाथि नयाँ खानीमा रहेको परिमाण पनि थपिएपछि कूल परिमाण पाँच अरब टनभन्दा पनि बढी हुन पुगेको छ ।

याज्द प्रान्त इरानमा इश्वरको बरदान स्वरुप प्राप्त भएको भूखण्ड मानिएको छ । यस प्रान्तको नब्बे प्रतिशत भूभाग विभिन्न खनिज पदार्थले भरिभराउ छ ।

यी मध्ये मुख्यमुख्य अठ्ठाइस स्थानमा अनुसन्धान वा उत्खनन कार्य गरिँदा सबैमा उत्कृष्ट नतिजा निस्केको पनि सरकारी अधिकारीहरुको दाबी रहेको छ । – सिन्हवा