२९ आश्विन २०८३, बिहिबार

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, १७ भदौ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ ।

अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् ।

अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन ।

अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ । जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो ।

अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ । –एपी