३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीज्यु भारतसामू घुँडा टेकेर बोल्नुपर्ने अवस्था किन आयो ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– जम्बला लामा

प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने भारतको भ्रमण सकी भदौ ११ गते बेलुकी स्वदेश फर्केने क्रममा विमानस्थलमा मैले कुनै खोट लाग्ने काम गरेको छैन भनी पत्रकारहरुलाई भन्दै थिए । तर प्रधानमन्त्रीले दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा बोलेको शब्द देउवाजीलाई याद भएनछ । अरु त अरु नै कुरा तर नेपालको आन्तरिक समस्याको विषयमा भारतको सामु घुडा टेकेर बोल्नुपर्ने अवस्था थिएन । अथवा नेपालको संविधानको विषयलाई लिएर मोदीलाई प्रष्ट्याउनुपर्ने आवश्यक नै थिएन ।
अतः संविधान संशोधन विधेयकका बारेमा दिएको अभिव्यक्तिप्रति सत्ता साझेदारी दल माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोही दिन नै प्रधानमन्त्रीले बोल्नै नपर्ने संविधान संशोधन शब्द नै चुकेको अर्थात फेल भइसकेको विषयलाई प्रधानमन्त्रीले फेरि संविधान संशोधनको लागी २ तिहाई समर्थन जुराउने र पास गर्छ भनेर बोल्नु भएको सरासर गलत भयो भनेर प्रतिक्रिया दिएका थिए । र, विभिन्न पार्टी संघ संगठनहरुले पनि व्यापक विरोध जनाई सकेको अवस्था छ । तर, प्रधानमन्त्री भन्छन मैले कुनै खोट लाग्ने काम गरेको छैन् । यसरी जनतालाई भ्रममा पारी आफू पारी भारत गएर अब देउवा भन्छन् संविधान कार्यान्वयन र स्वीकार्यता नेपालको आन्तरिक मामिला भएपनि त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु स्वभाविक हो ।

संविधानको विषयलाई लिएर भारतको मोदी सरकारले २०७२ असोज ३ गते संविधान जारी भएदेखि नै असन्तुष्ट भई नेपालीलाई ५–५ महिनासम्म नाकाबन्दी गरेकै थिए । तरपनि प्रधानमन्त्री देउवाले उनको अगाडि घुँडो टेकी फेरि पनि विफल भएको संविधान संशोधनलाई दुई तिहाई पुर्याई पास गर्नेछु भनि किन बोलेको ? प्रधानमन्त्रीले आफ्नो साझेदार अर्थात् आफूलाई प्रधानमन्त्रीको टिका लगाईदिएको पार्टनर पुष्पकमल दाहाललाई एकपटक पनि सोध्नु पर्दैन ? जनतालाई नसोधे पनि ठिक छ किनभने शेरबहादुर देउवालाई प्रधानमन्त्री जनताले बनाएको होइन । उनलाई प्रचण्डले प्रधानमन्त्रीको टिका लगाएको हो नि त । तर किन एक शब्द पनि दाहाललाई नसोधी आफूखुशी मनोमानी ढंगले फेरि पनि संविधान संशोधन गर्नेछ भनि मोदीको अगाडि घुडा टेकेको भन्ने सामाजिक संजालमा व्यापक भएको छ ।

प्रधानमन्त्रीको अनुपयुक्त अभिव्यक्ति

भदौ १२ गते विराटनग पुगेर सत्ता साझेदार पार्टी माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले संविधान संशोधन बारेमा दिएको अभिव्यक्तिप्रति असन्तुष्ट जनाउँदै संविधान संशोधन प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा पुनः संशोधन हुने किसिमको अभिव्यक्ति भारतमा दिनु उपयुक्त नभएको भनेको सुनियो । संविधान संशोधन एउटा गतिशिल प्रक्रिया हो । तर भारतमै गएर देउवा जीले त्यसरी संशोधन गरीहाल्ने भन्ने विषयमा बोल्न आवश्यक थिएन । र प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा आएको संयुक्त वक्तव्यमा कोशी संझौताबारे उल्लेख भएकोले यसबारे छलफल गरेर मात्रै आफूले अन्तिम टिप्पणी गर्ने प्रचण्डले भनेका थिए । कोशी उच्च बाँध निर्माण गर्नेबारे माओवादीका धारणा पुरानै हुनेछ, सम्झौताका पुनरावलोकन हुनपर्छ भन्ने कुरा गर्दै प्रचण्डले यसबारे देउवासँग कुरा गर्ने भनेका थिए । यसरी आफ्नैबाट विरोध भइरहँदा भारत भ्रमण गएका प्रधानमन्त्री देउवाले नै लोकतन्त्रलाई छाडातन्त्र बनाएको हो की भन्ने लागेको छ ।

एमालेलाई सिध्याउने तयारी

नेपालको छाडातन्त्रमा निरन्तर भारतीय राजनैतिक हस्तक्षेपको पेचुवामा परेका नेपालको छाडातन्त्र पार्टीहरु नेपालको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पछीसम्म भारतीय एजेण्डाकै वरीपरी घुम्ने अवस्था देखिएको छ । अर्थात भारतले चाहेको मुख्य एजेण्डामा एमालेले सहमत हुन संकेत नदेखिएपछी भारतले नै पहिलो निर्माण गरेको नेपाली काँग्रेस माओवादी केन्द्र लगायतका दलहरुको सत्तारुढ गठबन्धनलाई निरन्तरता दिदै नयाँ ढंगले नेपालको राजनितिमा हस्तक्षेप गर्न रणनिति अख्तियार गरेको उच्च राजनिति र कुटनीतिक वृतमा चर्चा सुरु भएको खबर सुनिएको छ । अर्थात प्रधानमन्त्री देउवाको ५ दिने औपचारिक भारत भ्रमणबाट पनि उल्लेखित संकेत देखिएको छ ।

लेखक

भदौ ८ गते विहिबार भारतको इम्पेरिकल होटलमा ईण्डिया फाउण्डेशनले अयोजना गरेको कार्यक्रममा भारतको खाद्यमन्त्री रामविलास पसवानले नेपाल चिनबाट खतरामा रहेको भनि उनले अभिव्यक्ति दिएका थिए । पासवनको भनाई थियो चीनले तिब्बत लिईसकेको अवस्थामा अव नेपालाई पनि लिन सक्नेछ । त्यो बेला भारतले नेपाललाई सहयोग गर्छ भनेका थिए । नेपालको प्रधानमन्त्री देउवा उपस्थित रहेको औपचारिक कार्यक्रममा भारतिय पन्त्रीको विवास्पद भनाई योजनावद्ध रुपमा आएको टिप्पणी नेपालको राजनैतिक वृत्तमा भईरहेको छ । उत्ति नै खेरी प्रधानमन्त्री देउवाले चीन नेपालको सत्रु नभएको र कुनै समस्या समेत नरहेको बताएर त्यतिखेर नै प्रतिवाद गरेका थिए । भारतीय मात्र होइन पश्चिमहरु पनि नेपालमा बढी नै चहलपहल गर्ने स्वतन्त्रता तिब्बतको पक्षमा नेपालबाट रणनीति बनाउन थालेपछि चीनले नेपालको राजनीतिमा चासो राख्न थालेको देखिन्छ । र चीनले नेपालको राजनीतिमा चासोपूर्वक देखापर्ने थालेपछि भारतले काँग्रेस र माओवादीको गठबन्धनलाई अझै बलियो बनाउँदै २०७४ माघ १० को प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वृहत्तर तालमेल (मोर्चा) बनाएर निरन्तरता दिने योजनामा देखिएको छ ।

बाहिरिए शक्तिको चाहनाअनुसार तीनैवटा निर्वाचनमा एमालेलाई कुना पार्न एमालेविरुद्धको गठबन्धनमा नेपाली काँग्रेस, राजपा, राप्रपा र माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमलाई एक बनाएर मतदानमा पठाइने छ । एमाले विरुद्ध लोकतान्त्रिक नाम गठबन्धन नाम दिएर यो गठबन्धन पेशागत संगठनहरुमा पनि सशक्त रुपमा देखा पर्नेछ । जुन कुरा नेपाल पत्रकार महासंघको निर्वाचनमा नै प्रकट भएको थियो । त्यसको लागि अहिलेको सत्तारुढ गठबन्धन दलहरुलाई सुदृढ बनाएर के–के गर्दा र कुन–कुन हदकाण्ड अपनाउँदा एमालेलाई कर्नरमा पार्न सकिन्छ । त्यसको लागि विशेष तैयारी थाल्ने एमालेलाई कर्नरमा पार्न सकेमा नेपालमा चिनिया प्रभावलाई कम गर्न सकिन्छ भन्ने भारतीय बुझाई संस्थापन पक्षको नेताहरुको खुलासा भएको छ ।

अव, राष्ट्रबादी दललाई चुनावमा नजिताई छाडातन्त्र बोक्ने दलहरुलाई कसैले मत दिएर जिताउने भन्ने सोच गलत भएको नागरिकको ठहर छ । यी गठबन्धन सरकारले लोकतन्त्रको नै धज्जी उडाइरहेको छ । अर्थात लोकतन्त्रलाई छाडातन्त्र बनाइरहेको अवस्थामा आम जनता अन्धकारमा गुज्रिरहेको छ । त्यसकारण लोकतन्त्रलाई बाहेक छाडातन्त्रलाई झुक्किएर पनि मत हाल्ने छैन भन्ने जनविश्वास अटल छ ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)