१५ कार्तिक २०८३, आइतबार

गृहमन्त्री शर्माका पिए र पिएसओले पठाए सरुवाको लामो सूची

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुई महिना बित्न नपाउँदै सरुवाका लागि लामो सूची प्रहरी मुख्यालय पुगेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव गोपाल शर्मा र पीएसओका रुपमा कार्यरत प्रहरी अधिकृतको टोलीले तीन हजार जनाको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

हरेक आउने नयाँ मन्त्री सरुवाको सूची पठाउने गरेको भए पनि यसपटक भने मन्त्रीको सचिवालयबाट तीन हजार जना सिपाही र हवल्दारको सरुवाको सूची प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगेको छ ।