३० आश्विन २०८३, शुक्रबार

देउवालाई पौडेलले समर्थन गर्दा किन अचम्म मान्ने ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बीबी श्रेष्ठ

देउवाको विरोध गर्दाको असर सायद २ नम्बर प्रदेशको चुनावमा पर्छ भन्ने पौडेल र काँग्रेसका आम नेता कार्यकर्तालाई लागेको छ । तर, सत्य यही हो देउवाको यो हर्कतले २ नम्बर प्रदेशमा मात्रै होइन्, काँग्रेस धेरैतिर बढारिँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यसपटकको भारत भ्रमण पनि विवादमुक्त हुन सकेन् । उनले आफ्ना भ्रमणका विषयमा अभिव्यक्त गरेका शब्द र सम्झौताका विषयमा जति नै बचाउ गरे पनि एकजना सामान्य नागरिकले समेत पत्याउने अबस्था छैन् । जनताहरु वाढी पहिरोको पीडामा मल्हन समेत लगाउन नसक्दै उनै देउवाले कोशी उच्च बाँध जस्तो राष्ट्रघाती सम्झौतामा सहीछाप गरेर आएका छन् । यतिबेला प्रश्न उब्जेको छ, देउवाको रिमोट कन्ट्रोल कहाँ छ ? अनि कस्का लागि काम गर्दैछन् देउवा ? कुनैबेला जेलनेल सहेका देउवा जीवनको उत्तरार्धमा किन यतिधेरै निरीह र लम्पसार पर्न थालेका छन् ? जिज्ञासा पैदा भएको छ ।

सन् १९५० को असमान सन्धिले नेपालीको ढाड सेक्ने काम भएको छ । त्यसपछि जति पनि असमान सन्धि र सम्झौता भएका छन्, त्यसले नेपाललाई हानीमात्रै भएको छ । कमसेकम देउवा जस्ता नेताले देशका भावी पुस्ताले पनि नाम सम्झने गरी काम गर्नुपर्ने हो । तर, जीवनको यो उत्तरार्धमा देउवालाई धारे हात लगाउनुपर्ने अबस्था उनी आफैले सिर्जना गरेका छन् । अझ सबैभन्दा रोचक त देउवाले जतिसुकै गल्ती गरे पनि काँग्रेसी कार्यकर्ताले तैँचुप, मैचुप गरिरहेका छन् । सत्ता र पार्टीमात्रै सबैथोक होइन्, देश रहेमात्र पार्टी रहन्छ । किन काँग्रेस कार्यकर्ताले यो बुझ्न सकेका छैनन्, किन बुझ्नेहरु पनि बुझ पचाइरहेका छन् ?

अझ अचम्म त सँधै देउवाको विरोध गर्ने काँग्रेस नेता रामचन्द्र पौडेलले समेत उनको बचाउ गरे । आफूलाई सँधै राष्ट्रवादी भन्ने पौडेलले देउवाको बचाउ गर्दा अचम्म नमाने हुन्छ । देउवा र पौडेलको लडाईं जुंगाको लडाईंमात्रै हो । पार्टीभित्र देउवाले मात्रै रजाईं गरेकोमा मात्र पौडेलको रोदन हो भन्ने कयौं विषयमा उनले देखाएको व्यवहारले बताइसकेको छ ।

देउवाको विरोध गर्दाको असर सायद २ नम्बर प्रदेशको चुनावमा पर्छ भन्ने पौडेल र काँग्रेसका आम नेता कार्यकर्तालाई लागेको छ । तर, सत्य यही हो देउवाको यो हर्कतले २ नम्बर प्रदेशमा मात्रै होइन्, काँग्रेस धेरैतिर बढारिँदैछ । माओवादीलाई बुईमा बोकेर हिँड्दैमा कहिलेसम्म देउवा सरकार टिक्छ ? कहिलेसम्म जनतालाई भ्रममा राख्न सकिन्छ ? व्यक्तिको चेतनास्तरले नै उसको पहिचान निर्माण गर्दछ भन्ने एकमात्र सत्य भएपनि हामी नेपालीहरु नेताको पिछलग्गु बनिरहेका छौं । आफ्ना नेता र पार्टीले जतिसुकै गल्ती गरे पनि समर्थन गर्ने हाम्रो मानसिकताका कारण नेपाल झन् झन् भारतपरस्त हुँदै गइरहेको छ । राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने जनसम्म हामीमा हिम्मत हुँदैन तबसम्म हामी भारतको विस्तारवाद र हैकमको दासी बनिरहनुको विकल्प छैन् ।

लेखकः बीबी श्रेष्ठ

अझै पनि देउवालाई अन्तिम मौका छ । किनकी चारपटकसम्म प्रधानमन्त्री हुँदा उनको छवि खासै राम्रो देखिएको छैन् । देउवाले आफू र आफ्नो पार्टीको छवि सुधार गर्नका लागि धेरै काम गर्न सक्छन् । जस्तो काम यसअघि प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले गरे । अघिल्लोपटक लागेको आरोप पखाल्न कमसेकम प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा सचेत भएर काम गरे । तुलनात्मक रुपमा उनको दोस्रो प्रधानमन्त्री काल त्यतिधेरै विवादित बनेन् ।

तर, जब जब शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन्, उनको कार्यकाल विवादित भइहाल्छ । कारण, उनी जनतालाई भन्दा पनि प्रभुलाई रिझाउन माहिर छन् । त्यही हो, नेपालको दुर्भाग्य । यस्तै नेता र प्रवृत्तिका कारण हामी सयौं बर्ष पछाडि धकेलिँदै छौं । तर, हामी मुकदर्शक बनिरहेका छौ । मौन छौं, तैंचुप, मैचुप गरिरहेका छौं । गलत कुराको विरोध नगरे पनि चुप बसिरहेका छौं । विरोध गर्नका लागि हामीमा आत्मविश्वास छैन, जोसँग बाँच्नका लागि आत्मविश्वास हँुदैन, उसले गर्ने भनेको गुलामी नै हो । त्यही गुलामीलाई हामी स्वतन्त्रताको उपमा दिइरहेका छौं । यही नै हो हाम्रो राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता । संचारको यो युगमा सामाजिक सञ्जालमा साथीभाईलाई अनेकौं लान्छना लगाउन सक्ने हामी सिंगो देश र जनताका प्रतिकूलतामा काम हुँदा पनि किन मौन छौं ? सायद यही हो, हाम्रो महानता । यही नै हो क्रान्तिकारिता र स्वतन्त्रता ।

देउवाले त भारतसँग भन्नुपथ्र्यो, तिमीहरुका कारण हाम्रो देशमा सयौं जनता मरे, लाखौं आक्रान्त छन्, यो समस्या समाधान नभएसम्म म तिमीहरुको देशमा आउन्न । तर, यसो भन्ने हिम्मत कहाँ हुनु देउवासँग ? जनताहरु बाढीका कारण भोक र शोकमा परिरहँदा उनी दिल्लीको मेजमानी मानेर भोज खान व्यस्त भए ।

देश डुबिरहेको छ, भारतीय बाँधका कारण नदी थुनिएर डुवानका कारण सयौ मरे, हजारौ विस्थापित र घरवारविहीन बने, यतिधेरै विपत्ति देश र जनताले भोगिरहेका छन् । खानेकुरा र शरीर ढाक्ने कपडा नपाउँदा, रोगले ग्रसित भएर मरिरहँदा राज्यको सम्पूर्ण ध्यान त्यस क्षेत्रमा लगाउनुपर्ने समयमा देश प्रमुख (प्रधानमन्त्री) उल्टै भारत जान्छन् र त्यही भारतको गुलामी गर्छन् । प्रधानमन्त्री देउवाले त भारतसँग भन्नुपथ्र्यो, तिमीहरुका कारण हाम्रो देशमा सयौं जनता मरे, लाखौं आक्रान्त छन्, यो समस्या समाधान नभएसम्म म तिमीहरुको देशमा आउन्न । तर, यसो भन्ने हिम्मत कहाँ हुनु देउवासँग ? जनताहरु बाढीका कारण भोक र शोकमा परिरहँदा उनी दिल्लीको मेजमानी मानेर भोज खान व्यस्त भए । र, दिल्लीले भने अनुसार नै सहीछाप लगाएर फर्किए । अनि हामीले कसरी प्रधानमन्त्रीलाई सम्मान गर्ने ? कसरी वाहवाही गर्ने ? सायद यति लेखिरहँदा शेरबहादुर देउवाको निकै बिरोध गरेको जस्तो लाग्ला, तर यो उनको प्रवृत्तिको विरोध हो । उनको लम्पसारशैलीको आलोचना हो । यत्ति चाहना छ, कमसेकम देउवा सुध्रिउन, उनलाई सुध्रने मौका छ । उनका वरिपरि घुम्ने कथित सल्लाहकारहरु पीए नबनुन्, उचित सल्लाह दिऊन् ।