२९ आश्विन २०८३, बिहिबार

राजनीतिक विश्लेषक भन्छन्- दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ (हेर्नुस् भिडियो)

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताएका छन् ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’ मा पत्रकार रामकुमार एलनसँग कुराकानी गर्दै डा. केसीले भने, ‘जसलाई छेक्न खोजिन्छ, जनताले मत हाल्दा त्यस्तैलाई छान्छ ।’ यसपटक तराईमा एमालेलाई निषेध गर्न सबै लागेकाले जनमत एमालेकै पक्षमा आउने केसीको दाबी छ ।

‘२०६४ मा माओवादी आयो, त्यसपछि कांग्रेस र अहिले जताततै एमालेको माहौल छ,’ डा. केसीले भने, ‘एमाले मधेसविरोधी पनि होइन, भारतविरोधी पनि होइन अहिलेको राजनीतिक घटनाक्रमको दोषी पनि होइन, तर एमालेलाई नै छेक्न खोजिएकाले जनमत एमालेका पक्षमा आउनसक्छ ।’

हेर्नुस् भिडियो अन्तर्वार्ताः