काठमाडौं, १३ भदौ । यति एयरलाइन्सका सञ्चालक आङ छिरिङ शेर्पाका छोरा सोनाम छिरिङ शेर्पासँग अभिनेत्री आना शर्मा प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ ।
आनाले नै उक्त सम्बन्धबारे सामाजिक सञ्जालमा खुलासा गरेकी हुन् । ग्याङस्टर ब्लुज फिल्मकी अभिनेत्री आनाको प्रेम सम्बन्ध दरबारमार्गबाट सुरू भएको थियो । आनाले अभिनय गरेको पहिलो फिल्म जेरी रिलिज अगाडि नै उनीहरू सम्बन्धमा थिए । जनप्रहार साप्ताहिकले छापेको छ ।
सामाजिक सञ्जालमा चुम्माचाटी गरेकै तस्बिर आनाले सार्वजनिक गरेकी छिन् । अक्सर दरबारमार्गमा भेट भएपछि उनीहरूको प्रेमलाप चुम्माचाटीबाटै सुरू हुने गरेको स्रोतले जनायो । अक्सर उनीहरूको डेट दरबारमार्गका रेष्टुरेन्ट र डिस्कोमा हुने गरेको बताइन्छ । केही महिना अघिमात्र दरबार मार्गको एउटा रेष्टुरेन्टमा अंकमाल गर्दै दुवै देखिएका थिए ।
आनाले इन्टाग्राममा आफ्नो प्रेमको खुलासा गरेकी हुन् । आना र सोनाम अचेल निक्कै ठाउँमा सँगै देखिने गरेका छन् । अंकमाल गरेका त कतै गालामा चुम्बन गरेका सोनामसँगका तस्बिर आनाले सार्वजनिक गरेकी छिन् ।












प्रतिक्रिया