१५ कार्तिक २०८३, आइतबार

जेलमा हल्लाएर बसेका भ्रष्ट हवल्दार ! टक्लादेखि डनको गिरोहसँग कनेक्सन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्जय साह ‘टक्ला’

काठमाडौं, १३ भदौ । जेलमा बसेर पनि सजाय भोगिरहेको आपराधिक गिरोह, व्यक्तिको सान त्यसै बलियो भएको हैन ।

जेल सुरक्षाका लागि खटिएका प्रहरीका केही भ्रष्ट प्रवित्ति भएका अटेरहरूका कारणले जेलभित्रैबाट अपराध र माफियातन्त्र बलियो बनिरहेको छ । अपराधीलाई सहयोग गर्ने यस्तै एकजना अटेरी हवल्दारले जेलमा सवैलाई हल्लाएर बसेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

विगत १२ वर्षदेखि डिल्लिबजारको चारखाल कारागारमा रहेका हवल्दार सुनिल सिंह चौधरी त्यस्ता पात्र हुन् जो त्यहाँ सजाय काटीरहेका अपराधीदेखि बम विस्फोट अभियोग लागेका पूर्व सांसद संजय टक्लासम्मको भरियाको काम गरिरहेका छन् ।

अन्यत्र सरूवा गर्दापनि शक्तिकेन्द्रलाई रकम खुवाउने, धम्क्याउनेसम्मको काममा सक्रिय हवल्दार चौधरीले आफु तलका प्रहरीलाई पेल्नेमात्र गरेका छैनन्, अपराधीको सहयोगका लागि चलखेल जारी राखेका छन् ।

प्रहरीको भाषामा उनलाई हवल्दार मेजर भनिन्छ । पैसाका लागि चौधरीले जेलमा जे पनि गर्न थालेका छन् । ‘अतिचार गरिसकेका छन्, उनको हर्कत देखेर हामी नै छक्क परेका छौं’, कैदी भेट्न पुगेका एकजना सर्वसाधारणले भने,‘यीनको फटाइको कथा त्यहाँ रहेका कैदीबन्दिले समेत बताउँछन् ।’

कैदी बन्दिका आफन्तले पैसो दिए राम्रो व्यवाहार गर्ने, नदिए नराम्रो व्यवाहार गर्ने चौधरीको शैलीसँग आजित भएका एकजना सर्वसाधारणले भने,‘चौधरीले मानसिक तनाब पनि दिइरहेका छन् ।’

कारागार सुरक्षाबाट उनको सरूवा भएपनि उनले हेर्डक्वार्टरको आदेशलाई पनि मानिरहेका छैनन् । जेलमा राम्रो माल कमाई हुने भएपछि उनले शक्तिकेन्द्रलाई पनि झुकावमा राखेको स्रोतले जनायो ।

सांसद, नेताको आदेश जारी गरी आफु माथिका हाकीमलाई तह लगाइरहेका चौधरीलाई त्यहाँबाट सार्नसक्ने हिम्मत कोही प्रहरी अधिकारीले समेत गरेका छैनन् ।

उनले अहिलेका गृहमन्त्री जनार्दन शर्मालाई समेत आफुले खरिद गर्न सक्ने धम्कीसम्म आफ्ना हाकीमलाई दिने गरेको स्रोतको दाबी छ ।

कैदीबन्दिका आफन्तसँग साँठगाँठ गरी १२ वर्षसम्म लाखौं कुम्ल्याएका हवल्दार चौधरीलाई सम्बन्धित प्रहरी कार्यालयले पनि खासै चासो नदेखाएको गुनासो जेलभित्र चल्न थालेको छ ।