१५ कार्तिक २०८३, आइतबार

कर्मचारीहरूको भ्रमणका नाममा १९ करोड सरकारी रकम खर्च

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ ।

राजनीतिक र प्रशासनिक ब्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अर्थ मनत्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानून आयोग, सर्वोच्च अदालत र ब्यवस्थापिका संसद्का अधिकारीहरू बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्त रकम सकिएको हो ।

विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८५ हजार रुपैयाँ सकेका हुन् । १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक ब्यक्तिहरूको भ्रमणमा खर्च भएको हो ।