२९ आश्विन २०८३, बिहिबार

दोक्लामबाट सेना हटाउन भारत–चीन तयार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । विवादित दोक्लाम क्षेत्रबाट आ–आफ्नो सेना हटाउन भारत र चीन तयार भएका छन् ।

भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दुबै देश विवादित दोक्लाम क्षेत्रबाट आ–आफ्नो सेना हटाउन सहमत भएको जनाएको छ । यसबारे चीनले पनि केहीबेरमा वक्तव्य जारी गर्दैछ ।

दुई देशबीच सेना हटाउन कस्तो सहमति भएको भन्ने विषय खुल्न सकेको छैन् । यसबारे भारतीय विदेश मन्त्रालयले आफ्नो स्टेटमेन्टमा केही उल्लेख गरेको छैन ।

चीन र भुटानको सीमा दोक्लाम क्षेत्रमा चीनले सडक निर्माण गरिरहँदा भारतीय सेनाले रोकेपछि दुई महिना अघिदेखि चीन र भारतबीच तनाव सुरु भएको थियो ।