२९ आश्विन २०८३, बिहिबार

मोदीद्वारा एकताको उदाहरण प्रदर्शन गरेकोमा प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली (भारत), १२ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धारको काम गरी मुशलमान हिन्दूबीचको एकताको उदाहरण देखाएको भन्दै आइतबार मुशलमान सङ्गठन जमाइत उलेमा ए हिन्दको प्रशंसा गर्नुभएको छ ।

उक्त मुशलमान सङ्गठनका स्वयम्सेवकले बाढी प्रभावित २२ वता हिन्दू मन्दिर तथा दुई मस्जिदमा गरेको सरसफाईलाई एकताको राम्रो उदाहरण भएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले मासिक रेडियो कार्यक्रम ‘मन कि वात’मा बोल्दै हालै धनेरा क्षेत्रको बनस्कण्ठ जिल्लामा मुसलमान जमाइत उलेमा ए हिन्दका स्वयम् सेवकले विपतमा एकताको सन्देश दिएर धार्मिकसहिष्णुताको उदाहरण देखाएको भन्दै प्रशंसा गर्नुभएको हो ।

तीस मिनेट लामो प्रत्यक्ष प्रशारणमा उहाँले हजारौँ बर्ष भारत प्राकृतिक सम्पदाले सम्पन्न रहेको र यहाँका जनता हजारौँ बर्षदेखि धार्मिक रूपमा सहिष्णु रहेको बताउदै भारतीय पर्व तथा उत्सवले साँस्कृतिक विविधता झल्काउने बताउनुभयो ।

हाम्रा सास्कृतिक परम्परा, सामाजिक रितिरिवाज, ऐतिहासिक घटनाक्रमलाई गाँसेर हेर्ने हो भने कुनै पनि दिन कुनै न कुनै पर्वविना नवित्ने उल्लेख गर्नुभयो । धेरै जसो पर्वहरू धार्मिक महत्व मात्रै भन्दापनि यहाँका किसान र माझीबीचका गतिविधिलाई मनाउने उत्सव रहेकाले सवै किसिमका समुदायको सहभागिता रहने गरेको र यसले समाजलाई सामाजिक सहिष्णुतामा गोलवन्द गरेको बताउनुभयो ।

भारतमा धार्मिक पर्वहरू मनाउने उत्साहकासाथ बसेका जनतालाई प्रधानमन्त्रीको भनाइले एकता र सहिष्णु बन्दै अघि बढ्न अभिप्रेरित गरेको छ । उहाँले विभिन्न धर्मावलम्बीले मनाइने कतिपय पर्वले फरक सम्प्रदायबीच एकतामा रहन बल पुग्ने गरेको जनाउनुभयो । –पिटीआई