२९ आश्विन २०८३, बिहिबार

उत्तर कोरियाले विहानै गर्यो तीन क्षेप्यास्त्र प्रहार, अमेरिकामा खैलाबैला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । चिनियाँ समाचार एजेन्सीहरुका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६ः४९ मा छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ । अमेरिकाको सैन्य अधार क्षेत्र गुआममा आक्रमण गर्ने चेतावनी दिदै आएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाली सेनाको गतिविधिको निगरानी गरिरहेको जनाएको छ । अमेरिकी सेनाले भने उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्रले गुआमका लागि खतरा नरहेको बताएको छ ।