१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा रेल गुडाएरै बिदा हुने विद्यासुन्दरको घोषणा, मोनोरेलको डीपीआर अन्तिम चरणमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनोरेल गुडाएर देखाउने बताएका छन् । यसका लागि ललितपुर र भक्तपुरसँग सहकार्यमा काम भइरहेको उनले जानकारी दिए ।

शाक्यले मोनोरेलको डीपीआर अन्तिम चरणमा पुगेको बताए । मेयर पदमा निर्वाचित भएपछि पहिलोपटक सञ्चारकर्मीसँग उनले भने, ‘ललितपुर महानगरका मेयसँग पनि कुराकानी भएको छ । उहाँले पनि लेटर अफ इन्ट्रेन्ट दिइसक्नु भयो ।’

राजधानीमा मोनोरेल कहिलेसम्म गुड्छ त ? भन्ने जिज्ञासामा उनले थपे, ‘यो हाम्रै पालामा सञ्चालनमा आउनेछ । यसका लागि तीव्र गतिमा काम भइरहेको छ । म पनि मोनोरेल चढेरै महानगरपालिकाबाट बिदा हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।