सुर्खेत, १० भदौ । माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताएका छन् ।
नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, संविधान संशोधन नेपालको आन्तरिक मामिला हो । यसलाई संसदले टुंग्याइसकेको छ । फेरी यो विषय उठाइरहन जरुरी छैन । संसदमा विफल भइसकेको विषयवस्तु भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो ।
उनले कांग्रेस सभापतिबाट यस्तै गल्ती भइरहे सहकार्य तोड्ने संकेत पनि गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।












प्रतिक्रिया