काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आइपुगेका प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बसौं’ सम्म नभनी बिदा गरेका छन् ।
बाढीपीडितको सहयोगका लागि एमाले सांसदले उपलब्ध गराएको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न ओली मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।
अपराह्न ५ बजेर २० मिनेट जाँदा प्रधानमन्त्री कार्यालय पुगेका ओलीसहितको टोली पाँच मिनेटमै त्यहाँबाट बाहिरिएको थियो ।
प्रधानमन्त्रीको कार्यकक्षमा उठीउठी रकम बुझाउने काम भयो,’ ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने, ‘रकम बुझाएपछि प्रधानमन्त्रीले धन्यवाद भन्नुभयो । त्यसपछि बाहिरियौं ।’
टोलीमा ओलीसहित एमाले उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, सचेतक गोकुल घर्तीलगायत थिए ।












प्रतिक्रिया