१ कार्तिक २०८३, आइतबार

युगान्डामा तीज कार्यक्रम सम्पन्न, मिस युगान्डा सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युगान्डा । हरेक वर्ष झैं यस वर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको तीज बिशेस कार्यक्रम बिगत वर्षभन्दा केहि फरक ढंगले सम्पन्न भएको छ ।

बाढीपीडित सहयोगार्थ आयोजित सो कार्यक्रममा मिस युगाण्डा २०११ को समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको शुरुवात भूतपूर्व अध्यक्ष रमेश कंडेलको उद्घोस संगै राष्ट्रियगानबाट शुरुगरिएको थियो ।

कार्यक्रमको सभापतित्व बर्तमान अध्यक्ष राजमणि भण्डारीले गरेका थिए । प्रमुख अतिथि इस्माइली समूहका समाज सेवी तथा टाईट सेक्युरिटीका संचालक मोहम्मद अलीले गरेका हुन् ।

त्यसैगरी बिशेष अतिथिको आसनमा मिस युगान्डा २०११ सिल्भिया नामुटेबी, हितेश बोरा, अखिलेस जोग को सहभागिता रहेको थियो ।

मिस युगान्डा २०११ बाट नेपालीहरूको गौरबमय चाडमा हामीलाई सम्झेर गहिरो सम्बन्ध रहेको बताइन् । उनले युगान्डा र नेपालबीच राम्रो सम्बन्ध रहेको उदाहरण दिइन् ।

कार्यक्रमलाइ अझै फरक गर्न यसपाली गैर आवासीय नेपाली संघका पदाधिकारी आफैले खाना बनाए भने भान्साको लागि बिभिन्न चाहिने सम्पूर्ण भाडा तथा चुल्हाको ब्यवस्थापन प्रायोजन नवाब रेस्टुरेंटले गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका अध्यक्ष राजमणि भण्डारी, उपाध्यक्ष, बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, महिला संयोजक तारा गिरी, प्रबक्ता कमल भट्ट, साधारण सदश्य पुष्पलाल प्रजापति, धनराज गिरी, पूर्ब अध्यक्ष रमेश कंडेल पूर्ब उपाध्यक्ष इश्वरी बश्याल लागायतको उल्लेख्य भूमिका रह्यो ।

झन्डै ५ घन्टाको रमझम पछि कार्यक्रममा उपस्तिथित सम्पुर्णलाई गैर अवासीय नेपाली संघ युगान्डाले धन्यवाद ज्ञापन गरेका थिए ।