१५ कार्तिक २०८३, आइतबार

रक्सी पसल खोल्न दशगजामा अतिक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । मदिरा पसल खुलेको छन् ।

अति संवेदनशील मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

आन्तर्राष्ट्रिय कानूनअनुसार दशगजा अतिक्रमण गर्न पाइँदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् ।

दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन ।

पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो ।

भारतको विहारमा मदिरा निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ ।