१ कार्तिक २०८३, आइतबार

कटैया–कुशाहा प्रशारण लाइनको दिल्लीबाट संयुक्त उद्घाटन, थप ५० मेगावाट विद्युत आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ भदौ । सुनसरी जिल्लाको कुशाहामा स्टेशन रहेको कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारण लाइनकोे प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसंयुक्त रुपमा उदघाटन गरेका छन् ।

हैदराबाद हाउसबाट बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उदघाटन गरेका हुन् । यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ ।

कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले ढल्केबर–मुजफ्फरपुर १ सय ३२ केभी प्रसारणलाइन संयुक्त रुपमा उदघाटन गरेका थिए ।

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइन २ सय २० केभीमा चार्ज गर्नका लागि अहिले तयारी भइरहेको छ ।