एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ–प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा लुम्बिनी संभावना र चुनौतीहरू विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुत गरेका थिए ।
बहुआयामिक प्रस्तुतिमा साउथ अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दीपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नवीन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रीय सदस्य नवीन पन्त, समाजसेवी डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।
लुम्बिनीको विकासका लागि राष्ट्र संघमार्फत दुर्इ गुरु योजना तयार भैसकेको चर्चा गर्दै गुरु योजना मुताबिक लुम्बिनीको बिकास संपन्न गरी ठोस योजनासहित अगाडि बढन सकिए वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने बताए ।















प्रतिक्रिया