२९ आश्विन २०८३, बिहिबार

चीनद्वारा नदीको प्रदुषण रोक्न दुई लाख अधिकारी नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेईजिङ, ८ भदौ । चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न ठाँउका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ ।

उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सरकारले आगामी सन् २०१८ को अन्त्य सम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ ।

गत सन् २०१६ को डिसेम्बरमा चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो ।

“प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको छ, तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा गर्नेछ,” जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले भन्नुभयो ।

उहाँले जुलाई २० देखि ३१ ओटा प्रान्तहरुमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।

तिनीहरु मध्ये १६ क्षेत्रमा टोल तह सम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ ओटामा गाँउ तह सम्मको संयन्त्र बनाएको उहाँले बताउनु भयो । –सिन्ह्वा