धरान, ८ भदौ । प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् ।
करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० वर्षीया हु तिङ फाङ बिचल्लीमा परेकी हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन् ।
सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भएपछि घर फर्किन सकेकी छैनन् ।
रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रह्यो ।
सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन् ।












प्रतिक्रिया