१६ कार्तिक २०८३, सोमबार

थपिएका राज्य मन्त्रीहरूबारे नयाँ खुलासा !

29.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ ।  राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ । ती अधिकारीका अनुसार पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् ।

यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ । सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ । भाडाको घरमा बनाइने सुरक्षा पोस्ट र गार्ड घर निर्माणका लागि मन्त्रालयले छुट्टै खर्च गर्नुपर्ने ती अधिकारीले बताए ।

सरकारले प्रत्येक राज्यमन्त्रीको स्वकीय सचिवालयका लागि उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई चालक र दुई कार्यालय सहयोगीका लागि तलबसुविधा उपलब्ध गराउँछ ।

एउटा राज्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारी लागि मात्र मासिक ३ लाख रुपैयाँभन्दा खर्च हुन्छ । राज्यमन्त्रीहरूले गृह मन्त्रालयबाट एउटा, आफ्नो मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लाने गर्छन् ।

कानुनी रूपमा भने राज्यमन्त्रीले एउटा मात्र गाडी पाउँछन् । अनधिकृत रूपमा प्रयोग गरिने तीनवटा गाडीका लागि चालक, इन्धन, मोबिल र मर्मत खर्चका नाममा महिनाको डेढ लाखभन्दा बढी खर्च हुने जानकारीसमेत ती सरकारी अधिकारीले दिए । मन्त्रीहरूले बिजुली, पानी, टेलिफोनको खर्च बिलबमोजिम लिने गर्छन् । त्यो खर्च नै प्रतिमन्त्री प्रतिमहिना २० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ ।

राज्यकोषमा हरेक महिना १० करोडभन्दा बढीको व्ययभार दुई दिनको अन्तरालमा २३ राज्यमन्त्री थपेर इतिहासकै ‘जम्बो मन्त्रिपरिषद्’ बनाएपछि राज्यकोषबाट प्रतिमहिना १० करोड रुपैयाँभन्दा बढी प्रशासनिक खर्च बढ्ने भएको छ ।

नयाँ २३ राज्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ट फर्निसिङ खर्च, सुरक्षा पोस्ट, गार्ड घर, तीनवटासम्म गाडी, उपसचिवसहित ७ कर्मचारीसहितको स्वकीय सचिवालयका लागि त्यति रकम खर्च हुने सरकारी अधिकारीहरूले जानकारी दिए ।

राज्यमन्त्री

  • श्री मोहम्मद जाकिर हुसेन -महिला, बालबालिका तथा समाजकल्याण
  • -श्री रामसिंह यादव -स्वास्थ्य
  • श्री श्यामकुमार श्रेष्ठ -गृह
  • श्री शम्भुलाल श्रेष्ठ -ऊर्जा
  • श्री कर्णबहादुर बि.क. -आपूर्ति
  • श्री छमबहादुर गुरुङ -सहरी विकास
  • श्री गोमा कुवर -पशुपंक्षी विकास
  • श्री वाङदी शेर्पा -सामान्य प्रशासन
  • श्री सीता गुरुङ -भौतिक पूर्वाधार तथा यातायात
  • श्री सरिता प्रसाई -कृषि विकास
  • श्री शेषनाथ अधिकारी -शिक्षा
  • श्री नरबहादुर चन्द -वाणिज्य
  • श्री अब्दुल रज्जाकगद्दी -खानेपानी तथा सरसफाई
  • श्री तप्तबहादुर विष्ट -सूचना तथा सञ्चार
  • श्री अमरसिंह पुन -सिँचाइ
  • श्री दिलमान पाख्निन -कानुन, न्याय, तथा संसदीय मामिला
  • श्री उदयशम्सेर राणा -अर्थ
  • श्री डिल्लीबहादुर चौधरी -श्रम तथा रोजगार
  • श्री तेजुलाल चौधरी -युवा तथा खेलकुद
  • श्री चम्पादेवी खड्का -सहकारी तथा गरिबी निवारण
  • श्री जनकराज चौधरी -सङ्घीय मामिला तथा स्थानीय विकास
  • श्री सुमित्रा थरुनी -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • श्री यसोदा कुमारी लामा -भूमिसुधार तथा व्यवस्था