२९ आश्विन २०८३, बिहिबार

अमेरिकी हवाई आक्रमणमा ४२ सिरियाली सर्वसाधारणको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत (लेबनान), ७ भदौ । सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले इश्लामिक स्टेट (आइएस) समूह विरुद्ध गरेको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले मङ्गलबार जनाएको छ ।

सिरियन अव्जर्भेटरी फर ह्युमन राइट्सले एएफ्पीलाई दिएको जानकारी अनुसार घटनामा १९ जना महिला र १२ बालबालिकाको निधन भएको छ ।

अमेरिकाद्वारा सहयोगप्राप्त सिरियाली प्रजातान्त्रिक बलले सोमबार र मङ्गलबारको अमेरिकी हवाई आक्रमणपछि राकाको आधाभन्दा बढी भूभाग आइएसको कब्जाबाट फिर्ता लिन सफल भएको छ ।

अमेरिकी गठबन्धनले राकामा लगातार दुईदिनदेखि कारबाही जारी राखेको छ । –एएफ्पी