१ कार्तिक २०८३, आइतबार

लण्डनमा नेपाली पोशाकको प्रवर्द्धन, फेसन रिभोलुसनमा पुनमले गराइन सानदार क्याटवाक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । बेलायतको राजधानी लन्डनको फुलहामस्थित चेल्सी फुटबल क्लबमा आयोजित अन्तर्राष्ट्रिय फेशन शो ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकको प्रवर्द्धन गरिएको छ ।

उक्त फेशन शोमा नेपालको प्रतिनिधित्व पुनम क्षेत्री गौतमले गरेकी थिइन् । र, स्टेजमा गएर नेपाली भाषामै मन्तव्य दिँदै आफ्नो देश र पोशाकको चिनारी दिएकी पुनमले विदेशी मोडलहरुलाई नेपाली पोशाक लगाइदिँदा क्याटवाक गरेका थिए ।

उक्त शोमा महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा क्याटवाक गर्दा र महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान केन्द्रीत गरेको थियो । विदेशीहरुले पुरुष र महिला मोडलले प्रस्तुत गरेको नेपाली पोशाकलाई मन पराउँदै प्रशंसा गरेका थिए ।

‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाक प्रस्तुतिपछि नेपालको प्रतिनिधित्व गरेकी पुनमले नेपाल र नेपाली राष्ट्रियता झल्काउने उद्देश्यले विभिन्न देशमा गएर नेपाली पोशाक प्रवर्द्धन गरिरहेको बताइन् । उनी भन्छिन्– ‘नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउँंदा हाम्रो कल्चरल ड्रेसको महत्व अझ बढ्छ ।’

६ महिनाअघि न्यूयोर्कमा आयोजित वर्ल्ड फेशन परेडमा समेत नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी पुनम नेपाली फेशनलाई विश्वभर लैजाने बताउँछिन् । पुनम इन्टरटेन्मेन्टकी निर्देशक समेत रहेकी उनले फेब्रअरीमा नेपाली पोशाक प्रवर्द्धनकै सिलसिलामा दुबई जाने योजनामा रहेको सुनाइन् ।