नैरोबी, केन्या । गैर आबासीय नेपाली संघ, केन्याद्वारा आइतबार केन्याको नैरोबीमा भब्य रुपमा तीज पर्बको आयोजना गरिएको छ ।
संघको सांस्कृतिक समितिकी संयोजक लक्ष्मी बुलुन र महिला संयोजक तारा ढकालद्वारा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र संघका केन्या अध्यक्ष कृष्णदत्त भट्ट लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा तीज गीतहरूमा नाच्दै गाउँदै नेपालका बाढीपीडितलाई सहयोग रु तीस हजार समेत संकलन गरिएको छ । सो रकम एनआरएनए बाढीपीडित कोषमा सहयोगका लागि पठाइनेछ ।















प्रतिक्रिया