काठमाडौं, ५ भदौ । विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पु¥याउदैँ आएको वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ ।
यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने गर्दछ ।
यो सेवा वर्ल्डलिंकका ग्राहकहरुका लागि निःशुल्क प्रदान गरिने छ । सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वल्र्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंक एप्सबाट प्राप्त गर्न सकिन्छ ।
सेफनेट प्रयोगका केही उदाहरणहरुः
– बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने,
– डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने,
– वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,
– वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने,
– फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने,
– आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्ने,
– विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्ने ।
यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको पनि वर्ल्डलिंकले स्पष्ट पारेको छ । साथै यो सेवा सामान्य अभ्यास, जागरुकता र ज्ञानको कार्यान्वयन पश्चात सर्वोत्तम प्रयासका आधारमा प्रदान गरिने बताईएको छ ।
‘वर्ल्डलिंकले प्रदान गरेको सेफनेटका फिल्टरिंग अल्गोरिदम, डोमेन सूचीहरु लगभग सही हो भनेर सुनिश्चित गर्ने प्रयास हो तर कुनै विशेष डोमेन वा वेवसाइटको गलत वर्गीकरणको लागि कुनै दायित्व स्वीकार गरिने छैन,’ वर्ल्डलिंककी रिजु शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया