२९ आश्विन २०८३, बिहिबार

यी हुन् ६३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले मरेको सिनो खान्छन्

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । इरानमा एकजना यस्ता व्यक्ति छन्ले ६३ वर्षदेखि ननुहाएको खुलेको छ ।

८३ वर्षीय अमोउ हाजीको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् । गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् ।

अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन्, ‘सरसफाइका कारण म बिरामी पर्छु ।’ – एजेन्सी