अमेरिका । नेपालका पहाडी भूभागमा गएको पहिरो र तराईमा भएको डुवानका कारण उत्पन्न विपत्तिमा परेका समुदायहरुको राहत र उद्धारमा लाग्न गैर आवासीय नेपाली संघ यूएसए स्टेटका १५ वटा च्याप्टरहरुले संयुक्त अपिल गरेका छन् ।
साथै उनीहरुले वर्तमान् नेतृत्वको गैरजिम्मेवार रवैयाले एनआरएन अमेरिका पनि रहने कि नरहजने चिन्ता बढेका भन्दै यथासिघ्र निर्वाचन गर्न पनि माग गरेका छन् ।
हेर्नुस् १५ स्टेट च्याप्टरहरुद्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तैः
एनआरएन स्टेट च्याप्टरहरुको अपिल ।
आदरणिय जनसमुदायहरु,
१, केहिबर्ष देखि नै जन्मभुमी नेपाल देश फरक फरक बिपतको चपेटामा परेको कारण थिलथिलो भैरहेको छ । यस्ता ठुलाठुला बिपतहरु किस्ताबन्दीमा नेपालिको थाप्लोमा कहिल्यै परेको थिएन । कहिले जनयुद्धको नाममा नाकाबन्दी त कहिले भूकम्प, कहिले बाढीले हामिलाई दुखिस्त तुल्याएको छ। यी यावत परीघटनाको चपेटामा परेर हामिले धेरै जन धन गुमाएका छौ, यो सार्है दुखलाग्दो कुरा हो । त्यसैले हामि सम्पूर्ण एनआरएन च्यापटर परिवार उक्त घटनामा ज्यान गुमाएका नेपालिको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिबार प्रति हार्दिकसमबेदना प्रकट गर्दछौ र घाईते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । हामी गैर आवासिय नेपालीलाईू जननी जन्मभुमिच्श्व स्वर्गदपी गरियसिकोू हुटहुटी नै हाम्रो यथार्थ हो र त्यो भैरहेको छ । यसै पृष्ठभूमिमा ूकर्तव्य गर्नु नै धर्म हो र पहिला उद्धार अनि राहतू लाई शिरोधार्य गर्दै पिडितहरुको आर्थिक सहयोगको लागी एनआरएन एनसिसि युएसए अमेरिकाको आर्थिक संकलन अभियानमा सामेल भै आर्थिक सहयोग गरिदिनहुन सम्पूर्णअमेरिकी नेपाली समुदाय समक्ष हार्दिक अनुरोध गर्दछौ ।
२, साथै एनआरएन अमेरिकाको आफ्नो कार्यकाल पुरागरी निर्वाचन कालमा प्रवेश गर्दै गर्दा निर्वाचन हुने नहुनेमा नै अन्योल सृजना भै रहेको अबस्थामा हामि गुज्रिरहेका छौ । कुनै पनि संस्था चाहे राजनितक होस वा सामाजिक त्यसको आवाघिक निर्वाचन भएन भने त्यसको बैधानिकता वा अस्तित्व नै संकटमा पर्दछ । हामि एनआरएनहरुको लागी यो एनआरएनए एउटा यस्तो संस्था हो जसमा हाम्रो अस्तित्व, पहिचान, संस्कृर्ती प्रतिबिम्बित भै रहेको छ र यो संस्था हाम्रो राष्ट्रीय बिरासत हो । यसको संरक्षण, संबर्धन र प्रवर्धन गर्नु नै हामी एनआरएनहरुको प्रमुख कर्तव्य हो ।
अहिले निर्वाचनको मुखमा आएर अनेकबस्तु परिस्थितिले गर्दा हामीले समयमै नयॉ नेतृत्व चुन्ने अवसरबाट बन्चित भैरहेको छौ । यो वा त्यो कारणले पटक पटक निर्वाचन रोकिंदै जानु संस्थाकोलागि शुभ होईन अशुभ हो । जब जब एनआरएनमा संस्थागत संकट वा विषम परिस्थितिसृजना हुन्छ तबतब हामि स्टेट च्याप्टरहरु चुनावी माहोलमा यो वा त्योकित्तामा रहेपनि संकट समाधानार्थ बिगत २ बर्ष देखि एक ढिक्का भै सबैको एउटै साझा एजेन्डाका साथ अगाडी बढिरहेका छौ र बढिरहने छौ भन्ने हाम्रो जोडतोड़ प्रतिब्द्धता भएको आदारणिय जनसमुदाय समक्ष जानकारीको लागी अनुरोध गर्दछौ । त्यसैले आज हामी एनआरएनए एनसिसि युएसएको निर्वाचन समितीलाई बिधि र बिधानमा रहि अमेरिकी नेपाली समुदायको आफ्नो मतदान गर्ने संस्थागत नैसर्गिक अधिकारलाई अबेर नगरि छिटो भन्दा छिटो निर्वाचनको मिती घोषणा गरिदिन जोडदार माग गर्दछौ । हाम्रो अस्तित्व र पहिचान संग गासिएको एकमात्र एनआरएनए अमेरिका हामिले जोगाउनु हाम्रो ज़िम्मेवारी हो । समाजमा अहिले बिभिन्न खाले हल्ला खल्लाले एनआरएन नै नरहने हो कि भन्ने शंका पैदा भैरहेको वर्तमान अवस्थामा सम्पुर्ण नेपालि समाज एक हुन आबस्यक छ । हामि बिधी बिधानमा रहेर निर्वाचन गराउने बाताबरण बनाउन पहल गर्नको लागि कुनै पनि कसर बारि राख्नेछैनौ भन्ने कुरा यहॉहरुलाई अनुरोध गर्न चाहान्छौ । त्यसैले निर्वाचन गर्ने बाताबरणको लागि आवस्यक सहजता प्रदान गर्ने हेतुले हामि सम्पुर्ण स्टेटच्याप्टरले तिनजना सहजकर्ता रहने गरि सर्वसम्मति बाट श्री सुमन वस्ती अध्यक्ष एनआरएन ईलनोई च्याप्टर,श् री जेदु पोखरेल अध्यक्ष एनआरएन मेरिल्याण्ड च्याप्टर र श्री ईश्वरी भट्ट अध्यक्ष एनआरएन न्युह्मासायरच्याप्टरलाई निर्णय गरेका छौ । उपर्युक्त सहजकर्ताहरुले कोहि कसैस्ग आग्रह पु्र्वाग्रह नराखि निर्वाचन गर्ने बाताबरणको लागि आवस्यक सहजता प्रदान गर्नुहुनेछ । ज्ञात रहोस सम्पुर्ण स्टेट च्याप्टरले आआफ्नो स्टेटका सम्पुर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्ने हुनाले उहॉहरुको सहजता समाजको आबस्यकताको निर्वाचन गराउने भएको हुनाले अझ बढ़ी प्रभावकारी हुनेछ भन्ने हामिलाई लागेको छ ।
धन्यवाद
एनआरएन युएसए स्टेट च्याप्टर अध्यक्षहरु:
१-सुमन वस्ती (एनआरएन युएसए ईलीनोय)
२-जेदु पोखरेल (एनआरएन युएसए मेरील्यान्ड)
३-ईश्वरी भट्ट (एनआरएन युएसए न्युहाम्सायर)
४-पुर्ण वानिया (एनआरएन युएसए क्यालीफोर्नीया)
५-रेवतीराज अधिकारी (एनआरएन युएसए नर्थ क्यारोलाइना)
६-उत्तम लामीछाने (एनआरएन युएसए टेक्सास)
७-बासुदेव ख़नाल (एनआरएन युएसए)
८-राम ओझा(एनआरएन युएसए कनेक्टिकट)
९-जगनलाल श्रेष्ठ(एनआरएन युएसए मिसीगन)
१०-मुकुन्द ओझा(एनआरएन युएसए न्युजर्सि)
११-तेम्वा शेर्पा (एनआरएन युएसए न्यूयोर्क)
१२-दिवाकर मह्रर्जन (एनआरएन युएसए ओरेगन)
१३-आनन्द रेग्मी (एनआरएन युएसए न्यु म्याक्सिको)
१४-मोहन तिमिल्सिना (एनआरएन युएसए जर्जीया)
१५-बिश्वमान आङगदम्वे (उपाध्यक्ष एनआरएन जर्जीया)















प्रतिक्रिया