१ कार्तिक २०८३, आइतबार

कतारबाट भट्टराईले उम्मेदवारी घोषणा गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कतार लगायत विभिन्न देशमा गैरआवसीय नेपाली संघको चुनावी माहोल तातेको छ । रेन्टुरेष्टदेखि तारे होटलमा राम्रा र हाम्रो मान्छेलाई आगमी कार्यकालमा संस्थामा ल्याउनु पर्छ भन्ने होडवाजीले अहिले नेपालीहरू एक आपसमा समझदारी गर्दै बैठक पनि बस्न भ्याईसकेको दुरुस्त देख्न सकिन्छ ।

यसै सन्दर्भमा बौद्धिक तथा समाजमा करिब डेड दशकदेखि नेपाली पीडितहरूलाई सहयोग गर्दै आईरहेका नेपालीहरू पनि कमी छैनन् । तर, आफ्नो सहयोगको उच्च मूल्यांकन हुनै पर्छ आफूले पनि विगतका दिनमा पुगाएको योगदानलाई समाजमाझ दर्शाउदै आगमी कार्यकालका लागि उम्मेदवारी दिने नेपालीहरू कतारमा पनि कमी छैनन् ।

करिब ५ लाखको हारहारीमा विभिन्न कम्पनीको उच्च पद तथा समान्य पदमा रहेका व्यक्तिहरूको पनि उम्मेदवारी नपरेको भन्न सकिन्न । यसै सन्दर्भमा कतारमा आगमी सेप्टेम्बर १ तारिखका दिन मतदान हुना गहिरहेको एन आर एन ए कतारको २०१७–२०१९ को कार्यकालको अनुशासन तथा अनुगमन समितिमाको पदमा कतारमा कार्यरत गोरखा अश्रराङ्ग घर (भीमसेन गाउँपालिका) वाडा नम्बर ६ का शिवराज भट्टराईले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पीडित नेपाली मनहरूलाई सहयोग र हरेक क्षेत्रमा सकारात्मक भूमिका निभाउने, कतारको एक प्रतिष्ठित कम्पनीको उच्च पदमा रहदै आफनो समान्य व्यवसायी समेत गर्दै भट्टराईले संस्थालाई श्रमिकमैत्री बनाउनका लागि नेतृत्व विकासलाई प्रभावकारी र अनुसाशीत बनाउन आवश्यक रहेको बताएका छन् ।