अमेरिका । नर्थ क्यारोलिनाको ट्रायड नेपलिज् कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको निर्माणार्थ संचालन गरेको श्रीमद् भागवत गीता महापुराणको तेस्रो दिनसम्ममा करिब एक लाख चालीस हजार डलर संकलन भएको छ ।
संस्थाका निवर्तमान सभापति डा नारायण खड्काका अनुसार सहयोग गर्नेहरूले आर्थिक सहयोग दिने क्रम जारी रहेको बताए ।
वाचन प्रवीण दीनवन्धु पोख्रेलको प्रवचन भैरहेको भागवत महापुराणको कथा श्रवण गर्न हरेक दिन भक्तालुहरूको भिड लागिरहेको सभापति सन्त्वोना खड्काले बताइन् ।
दुर्इ वर्षभित्र नेपाल हेरिटेज सेन्टर निर्माण गर्ने योजनाका साथ शुभारम्भ गरिएको महापुराण सप्ताहमा उपस्थित दानवीरहरूको सहयोगले समुदायको सपना चाडै पूरा हुनेमा आफू विश्वस्त रहेको महापुराण मूल आयोजक समितिका संयोजक प्रशिम पौड्यालको भनाइ छ ।
संस्थाका सस्थापक सभापति बशन्त खड्काका अनुसार सात दिनसम्म संचालन हुने सो महापुराणमा सहभागी हुन जर्जिया, साउथ क्यारोलिना, टेनेसी लगाएतका राज्यहरूबाट समेत नेपाली आउने क्रम बढेकोले आफ्नो सबै कामकाज छोडेर सयौ स्वयं सेवकहरु अहोरात्र खटिरहेको जनाइएको छ ।
पाँच लाख संकलन लक्ष्य रहेको सो महापुराण आगामी आइतबार समापन हुनेछ ।















प्रतिक्रिया