२९ आश्विन २०८३, बिहिबार

वाङ र लाभरोभबीच उत्तर कोरियाली आणविक समस्या समाधानबारे कुराकानी

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ (चीन), ३२ साउन । चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच मङ्गलबार कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ ।

उत्तर कोरियाले विगत केही समयदेखि गरेका लगातारका आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण र यसले उब्जाएको विश्व सुरक्षा चासोका बिषयमा दुई मुलुकबीच निकटमा रही सहकार्य हुँदै आएको छ । यसलाई समस्या समाधानको उच्च तहमा भएको कुटनैतिक एवम् शान्तिपूर्ण पहल भनिएको छ ।

वाङले कुराकानीका क्रममा स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप छलफल गर्नुपर्ने बताउनुभएको छ । सो अवसरमा रसिया र चीनको ढोकामा तनाव सिर्जना गर्न कसैलाई अनुमति नभएको चिनियाँ विदेशमन्त्री वाङले बताउनुभएको थियो । उहाँले अमेरिका र उत्तर कोरिया दुवैले एक आपसलाई चिढाउने अभिव्यक्ति एवम् अन्य गतिविधि रोक्नुपर्ने बताउनुभएको थियो ।

यसैगरी लाभरोभले कोरियाली द्वीपमा अमेरिका र कोरियाली सैन्य अभ्यासका कारण फेरी एकपटक तनाव चुलिएको धारणा राख्नुभएको थियो ।

उत्तरको आणविक समस्या सैनिक उपायबाट समाधान गर्ने कुरा रसियालाई विल्कुलै अस्वीकार्य भएको र आफ्नो मुलुक समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा राजनैतिक तथा कुटनैतिक उपायबाट निकाल्नुपर्ने, लाभरोभले बताउनुभएको जनाइएको छ । – सिन्ह्वा